Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

तालिमका क्रममा बेहोस भएका सशस्त्रका जवानहरुको होस खुल्यो, उपचार जारी

तालिमका क्रममा बेहोस भएका सशस्त्रका जवानहरुको होस खुल्यो, उपचार जारी

काठमाडौं : कैलालीको टीकापुरमा तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरीका जवानहरुको होस खुलेको छ । शुक्रबार बिहान कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा ८ जना बेहोस भएका थिए।

सशस्त्र जवानको आधारभूत तालिमअन्तर्गत दुई सय मिटर दौडमा उनीहरू बेहोस भएका थिए । त्यसपछि गम्भीर रहेका उनीहरूलाई थप उपचारका लागि कैलालीबाट सुर्खेत लगिएको थियो ।
त्यसमध्ये ६ जनालाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको थियो ।

बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् । उपचाररत सबै ६ जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको होस खुलेको नेपाल एपीएफ अस्पतालले जनाएको छ । बलम्बुस्थित एपीएफ अस्पतालका अनुसार सबैको उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट