Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

काभ्रेपलाञ्चोकमा आत्महत्यासम्बन्धी संवेदनशील रिपोर्टिङबारे अभिमुखिकरण सम्पन्न

काभ्रेपलाञ्चोकमा आत्महत्यासम्बन्धी संवेदनशील रिपोर्टिङबारे अभिमुखिकरण सम्पन्न

काभ्रेपलाञ्चोक : जिल्लामा आत्महत्यासम्बन्धी समाचार तथा घटनाको संवेदनशील रिपोर्टिङलाई लिएर अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी प्रमुखको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा सञ्चारकर्मीहरूलाई आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने जिम्मेवार पत्रकारिता, संवेदनशील भाषा प्रयोग तथा सामाजिक प्रभावबारे जानकारी दिइएको थियो।

प्रशिक्षकका रूपमा सहभागी प्रहरी उपरीक्षक (एसपी)  रबिन कार्कीले आत्महत्याजस्ता संवेदनशील विषयमा समाचार लेख्दा अतिरञ्जना, अनावश्यक विवरण विस्तार र गलत सन्देश नफैलिने गरी प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले यस्ता घटनामा पीडित परिवारको गोपनीयता तथा मानसिक संवेदनशीलतालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता समेत औँल्याउनुभयो। कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले जिम्मेवार रिपोर्टिङका लागि यस्ता अभिमुखिकरण उपयोगी हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट