Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

नृहसिंहधाम मृत्यु प्रकरणपछि व्यवस्थापनमाथि प्रश्न

नृहसिंहधाम मृत्यु प्रकरणपछि व्यवस्थापनमाथि प्रश्न

चितवन : नृहसिंहधाममा आज भएको मृत्यु घटनापछि भक्तजन तथा सर्वसाधारणले आयोजक पक्ष र सम्बन्धित निकायप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । धर्म र श्रद्धाको नाममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत निकायको उपस्थितिमै अत्यधिक व्यापारिक गतिविधि र अव्यवस्थित व्यवस्थापन भएको भन्दै प्रश्न उठाइएको हो ।

घटनास्थलमा उपस्थित केही व्यक्तिहरूले गुडिरहेको प्रहरी मोटरसाइकल रोकेर मृतकको अन्तिम अवस्थासम्म सहयोगको आग्रह गर्दा पनि प्रभावकारी प्रतिक्रिया नपाएको आरोप लगाएका छन् । यस्ता आरोप सत्य भए घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको स्थानीयको भनाइ छ ।

यसैबीच, २ वटा सुख्खा रोटीको ३५० रुपैयाँ र १ लिटर पानीको ४० रुपैयाँसम्म असुलिएको भन्दै भक्तजनहरूले चर्को विरोध जनाएका छन् । धार्मिक आस्थाको नाममा सम्भावित आर्थिक शोषण, भीड व्यवस्थापनको कमजोरी तथा सुरक्षा संवेदनशीलताप्रति सम्बन्धित निकाय गम्भीर हुनुपर्ने माग गरिएको छ ।

स्थानीय तथा भक्तजनहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै आवश्यक सुधार, प्रभावकारी व्यवस्थापन र जिम्मेवार पक्षमाथि जवाफदेहिता सुनिश्चित गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट