Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

सुर्खेतका नयाँ प्रहरी प्रमुख भन्छन्– शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै कसर बाँकी राखिन्न

सुर्खेतका नयाँ प्रहरी प्रमुख भन्छन्– शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै कसर बाँकी राखिन्न

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतका नयाँ प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले शान्ति सुरक्षा कायम गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने बनाएका छन्।

आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पत्रकारसँगको परिचयात्मक कार्यक्रममा पोखरेलले कार्यसम्पादनलाई उत्कृष्ट र जनमुखी बनाइने बताए।

'प्रहरीको एक्लो प्रयासले केही हुँदैन,'उनले भने, 'समाजमा शान्ति सु–व्यवस्था कायम गर्न सबैको भूमिका महत्त्वपूर्ण हुन्छ।’ प्रहरी उपरीक्षक पोखरेलले हाल सुर्खेतमा रहेको चुनौतीका विषयलाई अध्ययन गरी हल गरिने पनि बताए। 

पत्रकारहरूले सुर्खेतमा सडक सुरक्षा कायम, लागुऔषध नियन्त्रण, अवैध यौन गतिविधिलाई नियन्त्रण गर्नुपर्ने जस्ता कुरामा ध्यान दिनुपर्ने सुझाव दिएका थिए।

पछिल्लो समय राजधानी वीरेन्द्रनगरमा लागुऔषध र अवैध यौनजन्य गतिविधि नियन्त्रण प्रमुख चुनौतीका रूपमा रहेको छ । जवाफमा पोखरेलले सही सूचनामा आधारित रहेर कानुन विपरीतका गतिविधिलाई निस्तेज पारिने बताए। 'म कम बोल्ने र काम धेरै गर्ने व्यक्ति हो,'उनले थप भने, 'यस कार्यमा सबैको सहयोगको अपेक्षा गर्दछु।’

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट