Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

नेपालबाट भारतमा काठको धुप तस्करी, प्रहरी र सशस्त्रका घुमुवाको स्कर्टिङमा सीमा पार

नेपालबाट भारतमा काठको धुप तस्करी, प्रहरी र सशस्त्रका घुमुवाको स्कर्टिङमा सीमा पार

मलंगवा : नेपालबाट चिनियाँ स्याउ, काँक्रा, फर्सीको बियाँ, सुपारी, मरिच, केराउ भारत तस्करी हुने गरेका समाचार त बारम्बार आइरहने गर्दछन् । तर पछिल्ला दिनमा काठको धुप नेपालबाट भारतमा तस्करी हुने गरेको खुलासा भएको छ ।

स्रोतका अनुसार नेपालको काठको धुप भारतमा लाँदा एक किलोमा ८० रुपैयाँ फाइदा हुन्छ । २० रुपैयाँ बीओपी र प्रहरी चौकी सेटिङमा लगानी गरी प्रतिकिलो ६० रुपैयाँ फाइदा हुने भएकाले काठको धुप भारततर्फ तस्करी गर्ने समूह सक्रिय रुपमा लागिरहेको छ ।

सर्लाहीको बरहथवाबाट धूप बोकेको गाडीको स्कर्टिङ गरी बैद्यनाथ चोकसम्म पुर्याउने काम सशस्त्र प्रहरीका सहायक हवल्दार सन्तोष खत्रीले गर्दैआएका छन् । बैद्यनाथ चोकबाट सशस्त्रका अर्का घुमुवा जवान प्रिन्स शर्माले नाका कटाइ भारत पुर्याइदिने गरेका छन् । यसअघि घुमुवा सन्तोष खत्रीलाई सर्लाहीको सुरक्षा बेस मनुष्मारामा कार्यरत रहँदा पनि अनियमिततामा मुछिएपछि करेक्सन तालिम गरेर सप्तरी सरुवा भएका थिए ।

दरबन्दी ३९ नम्बर गणमा रहेका खत्री सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी बर्दिबासमा कार्यरत इन्स्पेक्टर भोला खत्रीका भतिजा हुन् । करेक्सन तालिम गरी सप्तरीमा पठाएका सन्तोषलाई १० नम्बर गण सर्लाहीमा सुुटुक्क सरुवा गरियो । र, सहायक हवलदार रोशन मिश्र र इन्स्पेक्टर भोला खत्रीको सेटिङमा खत्रीलाई पुनः सुरक्षा बेस मनुष्मारा सर्लाहीमै फर्काएका छन् ।

सशस्त्रको फेनरा गुल्मका इन्चार्ज बिष्णुदत्त अवस्थीदेखि मधुवनी बीओपी इन्चार्ज माधव खत्री हुँदै १० नम्बर गण र बाहिनीसम्म मिलाएर सर्लाहीबाट धूप, स्याउ, कवाडी ब्यापक भारततर्फ तस्करी हुँदैआएको छ ।

नेपालबाट चिनियाँ स्याउ, फर्सीको बियाँ, मदिरा र कवाडीलगायतको भारततर्फ भारततर्फ तस्करी भइरहेकोमा पछिल्ला दिनमा धूपसमेत जाने गरेको तथ्य खुलेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट