चितवन : भरतपुर महानगरपालिका-९, शरदपुर दुर्गाटोल क्षेत्रमा पार्किङ गरी राखिएका विभिन्न सवारीसाधन तथा परालमा अज्ञात व्यक्तिले आगजनी गरेको घटना सार्वजनिक भएको छ।
जेठ १० गते बिहान करिब ०४ M ४५ बजेको समयमा तिल प्रसाद अधिकारीको घर अगाडि पार्किङ गरिएका सवारीसाधनहरूमा आगो लगाई फरार भएको चितवन प्रहरीका निमित्त सूचना अधिकारी दिपकप्रसाद रिजालले जानकारी दिए ।
आगजनीबाट बा १२ च ७२७८ नम्बरको कार, ना ३७ प ३९०६ नम्बरको स्कुटर, बा.प्र.०६–००७ प ४५९७ नम्बरको स्कुटर, बागमती प्रदेश ०६–००३ प ०३३८ नम्बरको इभी स्कुटर, ना २८ प ८४५४ नम्बरको होण्डा स्कुटर लगायतका साधनमा क्षति पुगेको छ। साथै परालमा समेत आगो लगाइएको थियो ।
घटनापछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाउँदै सोही दिन दिउँसो करिब १३:०० बजेको समयमा भरतपुर महानगरपालिका–१०, हाकिमचोक क्षेत्रबाट एक जनालाई पक्राउ गरेको रिजालले बताए ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर चित्लाङ गाउँपालिका–०९ घर भई हाल भरतपुर महानगरपालिका–०२, पुलचोकमा बसोबास गर्दै आएका ३२ वर्षीय सन्तोष विश्वकर्मा रहेका छन्।
निजलाई आपराधिक उपद्रव कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।घटनाबारे थप अनुसन्धान जारी रहेको र क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij