Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

चितवनमा  ४३ जना फरार प्रतिवादी पक्राउ

चितवनमा  ४३ जना फरार प्रतिवादी पक्राउ

चितवन :  जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्वामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका  निमित्त सूचना अधिकारी (प्रहरी निरीक्षक) दीपक प्रसाद रिजालका अनुसार जिल्ला अदालतको विभिन्न मिति र फैसला बमोजिम फरार रहेका प्रतिवादीहरूलाई सोमबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएकोे हो । 
 उहाँका अनुसार पक्राउ परेकामध्ये अभद्र व्यवहार मुद्वाका ६ जना, चेक अनादर मुद्वाका १२ जना, चोरी मुद्वाका १० जना, जबरजस्ती करणी मुद्वाका २ जना, बाल यौन दुरुपयोग मुद्वाका १ जना, बैंकिङ कसुर मुद्वाका ३ जना, लागूऔषध मुद्वाका ८ जना तथा सवारी ज्यान मुद्वाका १ जना रहेका छन्।
उनीहरूबाट कुल ४ वर्ष ८ महिना ६ दिन कैद तथा रु. ७ लाख १० हजार ८२१ जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि सम्मानित चितवन जिल्ला अदालतमा पेश गरिएको प्रहरी निरीक्षक रिजालले जानकारी दिनुभयो ।  
प्रहरीले अदालतबाट फैसला भई फरार रहेका व्यक्तिहरूलाई खोजी तथा पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइने जनाएको छ।

 

707634074_1355953496383734_4016357561473706712_n.jfif
undefined

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट