Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारेख बुझ्न जिल्ला अदालत काठमाडौं पुगेका छन् ।

बुधबार सभापति लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन सम्बन्धी अदालतमा विचाराधीन मुद्दामा तारेख बुझ्न बबरमहलस्थित अदालत पुगेका हुन् । लामिछानेले आफू विरुद्ध दर्ता भएको उक्त मुद्दामा कानुनी प्रक्रिया अनुसार आजको तारेख बुझेको अदालतका सूचना अधिकारी शिव खतिवडाले पुष्टि गरेका छन् । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा पुर्‍याएर अपचलन गरेको आरोपमा लामिछाने विरुद्ध मुद्दा दायर भएको थियो ।

यसअघि अदालतले सोही मुद्दाको थुनछेक बहसपछि उनलाई ६० लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा गर्न आदेश दिएको थियो । सोही आदेश अनुरूप उनी नियमित रूपमा अदालतमा उपस्थित भई तारेख धान्दै आएका हुन् । यसैबीच अब उनको अर्को तारेख असार ११ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट