Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

चितवनमा  एकै दिन २५ फरार प्रतिवादी पक्राउ

चितवनमा  एकै दिन २५ फरार प्रतिवादी पक्राउ

चितवन : जिल्ला कार्यालय चितवनले   विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका २५ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका कार्यालयबाट खटिएको संयुक्त टोलीले बुधबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी चितवन जिल्ला अदालतमा पेश गरेको हो।प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा बढी ८ जना चेक अनादर मुद्दाका रहेका छन् भने ७ जना लागूऔषध, ५ जना चोरी, ३ जना अभद्र व्यवहार, १ जना बिनो र १ जना आगो लगाई ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी रहेका छन्।

उनीहरूबाट कुल ३ लाख १६ हजार ४३२ रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये केहीलाई कैद सजाय समेत तोकिएको थियो।
फरार प्रतिवादी पक्राउ अभियानलाई प्रहरीले निरन्तर तीव्र बनाउँदै गएको जनाएको छ।

706595175_27358516293754315_6719739970096583462_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट