Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

हात्तीको छावा मृत फेला

हात्तीको छावा मृत फेला

सुनसरी : बराहक्षेत्र नगरपालिका–२ स्थित बिसआरडीस्थित गहने खोलामा जङ्गली हात्तीको छावा मृत अवस्थामा फेला परेको छ ।

गए राति जब्दी क्षेत्रबाट जङ्गलतर्फ बथानसहित जाँदैगर्दा हात्तीको छावा पानीको दलदलमा फसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

बिहीबार स्थानीयले दहमा हात्तीको बच्चा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट