Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

कारागारबाट भागेर वृद्धको हत्या गर्ने युवक कारागार चलान

कारागारबाट भागेर वृद्धको हत्या गर्ने युवक कारागार चलान

काठमाडौँ : जेनजी आन्दोलन हुँदा कारागार कार्यालय कास्कीबाट भागेर वृद्धको हत्यामा संलग्न युवकलाई अदालतले पुर्पक्षका लागी कारागार चलान गरेको छ । बागलुङको गल्कोट घर भएर पूर्वी नवलपरासीको गैँडाकोट बस्ने ३१ वर्षीय सञ्जय बिकलाई अदालतको आदेशले पुर्पक्षका लागी कारागार चलान गरिएको पूर्व नवलपरासीका एसपी युवराज खड्काले  बताए।

प्रतिवादी बिकलाई प्रहरीले वैशाख १५ मा काठमाडौँबाट पक्राउ गरेर अनुसन्धान गरेको थियो । सञ्जय र उनकी प्रेमिका नवलपरासी पूर्वको देवचुली घर बस्दै आएकी २८ वर्षीया पुष्पादेवी सुपार्क मिलेर २०८२ चैत २३ मा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ स्थित टाँगीकोटका ७५ वर्षीय जिउनरा थनेतको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुपार्कलाई पनि अदालतले थुनामा पठाउन आदेश गरेको छ ।

डाँकाचोरी गर्न गएका सञ्जय र प्रेमिका सुपार्कले टाउकोमा हतियार प्रहार गरेर गम्भीर घाइते भएकी जिउनरामकी पत्नी ७१ वर्षीया गुलवसनिया थनेतको अवस्था अझै गम्भीर छ । सो घटना अनुसन्धान गर्न सीआईबीले इन्स्पेक्टर नेतृत्वको टिम नवलपरासी पूर्वमा पठाएको थियो ।

सञ्जय बिकले २०८० मंसिर ५ मा तनहुँ घर भएर पोखरा बस्ने ३९ वर्षीया सुकु बिकलाई पोखराको होटलमा बलात्कार गरेर हत्या गरेको थिए । सो घटनामा कास्की जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला गरेको थियो । कैद भुक्तानको लागी कारागार कार्यालय कास्कीमा बसेका उनी २०८२ भदौ २४ मा जेनजी आन्दोलन हुँदा उनी फरार भएका थिए ।

बिक र सुपार्क मिलेर २०८२ असोज १९ मा गैँडाकोट नगरपालिका–१० स्थित सम्झना चोकमा ७९ वर्षीया श्याम कुमारी श्रेष्ठलाई घरमा आगो लगाएर हत्या गरेर सुनको गहना लुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विभिन्न ठाउँमा डेरा सरेर उनले यस्ता अपराध गर्दै आएको एसपी खड्काले बताए । उनले भने, ‘अहिले पक्राउ नपरेको भए उनले थप अपराध गर्न सक्थे।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट