Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ

मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ

काठमाडौँ : मठ, मन्दिरमा आगो लगाउने घोषणा गरेका जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका परियारलाई टोखाबाट पक्राउ परेका हुन् । उनलाई अनुसन्धानको लागी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । २७ वर्षीय परियारले अनामनगर स्थित संवाद डबलीमा बोल्दै ‘मठ मन्दिरमा आगो लगाइदिन्छौँ’ भनेका थिए । उनले समान अधिकार नभएर देशभर विद्रोह गर्ने चेतावनी दिएका थिए ।

हिजोदेखि नै दलितलाई नारकीय जीवन जिउन बाध्य बनाइएको र गाउँमा दलितको अवस्था दयनीय रहेको उनको भनाई युट्युब च्यानलहरूबाट प्रसारित भएको छ । परियार टोखा नगरपालिका वडा नम्बर–८ स्थित बानियाँटारमा बस्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट