काठमाडौँ : नेपाल प्रहरी र सशस्त्रमा रहेको ३० वर्षे सेवा अवधि पुनरवलोकन गर्नेबारे सरकारले अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रहरी र सशस्त्रको अवकाशको सेवा अवधि र निवृत्तिभरण सुरू हुने सेवा अवधिको बिचमा रहेको विद्यमान अन्तर पुनरवलोकन अध्ययन गर्ने घोषणा गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयले तल्लो दर्जाका कर्मचारीलाई १६ वर्ष सेवा गरेपछि पेन्सन दिनुपर्ने प्रस्ताव गर्दै आएको छ । सशस्त्रले पनि उक्त प्रस्ताव लामो समयदेखि अघि बढाउँदै आएको थियो । बजेट वक्तव्यमा अर्थमन्त्रीले भने, ‘प्रहरी र शस्त्रसको अवकाशको सेवा अवधि र निवृत्तिभरण सुरू हुने सेवा अवधिको बिचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्नेछौँ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij