Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते

धनगढी : बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। बडीमालिका नगरपालिका २ भौनेरामा सोमबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार मार्तडी गौमुल पक्की सडकखण्ड अन्तर्गत भौनेरा क्षेत्रमा गुडिरहेको से २ त ३६४८ नम्बरको ट्याक्टरको ब्रेक फेल भई दुर्घटना भएको हो।

दुर्घटनामा ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका स्थायी घर भएका २२ वर्षीय दीपेन्द्र चौधरी घाइते भएका छन्। उनको ढाड र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइते चौधरीको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। उनको अवस्था र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट