काठमाडौँ : आईजीपी दान बहादुर कार्कीले सडक सुरक्षा कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने बताएका छन् ।उपत्यका ट्राफिक प्रहरी कार्यालयले साेमबार आयोजना गरेको ‘इन्टिग्रेटेड ट्राफिक मेनेजमेन्ट सिस्टम’ सम्बन्धी एक दिवसीय कार्यशालामा बोल्दै कार्कीले भने, ‘सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारीलाई गम्भिरतापूर्वक लिएर उच्चस्तरको समन्वय गरेपछि मात्र सडकको यात्रालाई सुरक्षित बनाउन सकिन्छ ।’
वैज्ञानिक ट्राफिक व्यवस्थापन र सड्क सुरक्षालाई थप व्यवस्थित बनाउन प्रविधिको उच्चतम प्रयोग आवश्यक रहेको कार्कीले बताए । आईजीपी कार्कीले उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रकाशन गरेको ट्राफिक पुलिस मिरर–२०२६ को लोकार्पण गरेका छन् । मिरर प्रकाशनमा सहयोग गर्नेहरूलाई उनले सम्मान गरे ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सड्क सुरक्षाबारे सरोकारवाला निकायहरूसँग कसरी समन्वय गर्ने र वैज्ञानिक ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्नेबारे सोमबार एकदिवसीय कार्यशाला आयोजना गरेको हो । कार्यशालाको उद्घाटन पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij