Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको रास्वपाको दाबी

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको रास्वपाको दाबी

काठमाडौँ : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको टिप्पणी गरेको छ।

मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उक्त पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो प्रतिक्रिया दिएका हुन्।उनले नेपालको दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोग भएको कुरा आएको भन्दै त्यसले सीमासम्बन्धी विषयलाई छलफलका लागि अघि बढाउन बलियो बनाएको तर्क गरे।

महामन्त्री बुर्लाकोटीले रास्वपाले मिचिएको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने अडानमा स्पष्ट रहेको पनि बताए। उनले प्रधानमन्त्री शाहले उक्त विषयमा समय आएपछि जवाफ दिने बताउँदै विपक्ष दलहरूले संसद बैठक अवरुद्ध पार्न नहुने पनि बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट