महोत्तरी : डाँका चोरीमा संलग्न व्यक्तिहरुको गोली प्रहारबाट महोत्तरी मा दुईजना घाइते भएका छन् । सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति राम विश्वास आदबको घरमा डाकाचोरी भएको हो । सो क्रममा डाँका समूहले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।
दुवैजनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले बिहानपख थाहा पाएको हो । घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij