काभ्रेपलाञ्चोक : जनगुनासा, सुझाव तथा जिज्ञासाको सुनुवाइ गर्दै नागरिक र सुरक्षा निकायबीच समन्वय तथा सहकार्य सुदृढ गर्ने उद्देश्यले चौरिदेउराली गाउँपालिकामा ‘नागरिक सुनुवाइ कार्यक्रम’ सम्पन्न भएको छ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रेणुका चौलागाई, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी तथा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीसहित स्थानीय नागरिक, जनप्रतिनिधि, सरोकारवाला निकाय र समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले शान्ति सुरक्षा, सेवा प्रवाह तथा समुदायसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना गुनासा, सुझाव र जिज्ञासा राखेका थिए। प्राप्त सुझाव तथा गुनासाहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै शान्ति सुरक्षा, समुदाय–प्रहरी साझेदारी र प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। अन्तरक्रियात्मक छलफलपछि कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij