चितवन : प्रहरीले लागूऔषध हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित डेरा कोठामा लागूऔषध (खैरो हेरोइन) खरिदबिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भरतपुर–२ बस्ने ३० वर्षीय मोहम्मद निरज, सोही वडा बस्ने २५ वर्षीया अस्मिता परियार तथा गोरखाको सिरानचोक गाउँपालिका–४ घर भई हाल भरतपुरमा बस्दै आएकी २३ वर्षीया सुस्मा गुरुङ भनिने सन्तोषी राई रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट प्लास्टिकसहित ११.७७ ग्राम र प्लास्टिक हटाउँदा ७.६७ ग्राम तौल भएको खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। साथै दुई थान मोबाइल फोन समेत बरामद गरिएको छ।
पक्राउ परेकाहरूलाई लागूऔषध सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij