धनगढी : बाजुराको बुढीनन्दा नगरपालिका–६ को कोटिलामा एक जनाको हत्या भएको छ। बुधबार राति स्थानीय ३२ वर्षीय निर रावतको हत्या भएको प्रहरीले जनाएको छ। आपसी विवादका क्रममा रावतको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताए । हत्यामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकेन्द्र रावत पक्राउ परेका छन्।
उनलाई इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले रावतलाई गएराति नै पक्राउ गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।प्रारम्भिक अनुसन्धानका क्रममा आपसी विवादका क्रममा टेकेन्द्रले निरलाई ढुंगा प्रहार गरेर हत्या गरेको पाइएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij