Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

भन्सारसँगको सेटिङ बिवाईडीले रातारात भित्रायो सयौं गाडी, छानविन गर्दै सशस्त्र

भन्सारसँगको सेटिङ बिवाईडीले रातारात भित्रायो सयौं गाडी, छानविन गर्दै सशस्त्र

काठमाडौं : बिवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले भन्सार कार्यालयसँगको सेटिङमा सयौं गाडीहरु भित्राएको पाइएको छ । यही जेठ १३ र १४ गते बिवाईडीले अटो ब्राण्डका विभिन्न गाडीहरुको भन्सार गरेर बजेट लागू हुने जेठ १५ पुर्व नै काम तमाम गर्न भ्याइसकेको तथ्य उजागर भएको छ ।

सो काण्ड बाहिर आएपछि आज विहानै सशस्त्र प्रहरीले मुस्ताङका विभिन्न क्षेत्रमा राखिएको भन्छार छुटाए ल्याउँदै गरका ७७४ वटाको गाडीहरु नियन्त्रणमा लिएर छानविन सुरु गरेको छ । ति गाडीहरु मुस्ताङको केरला नाका हुँदै काठमाडौं भित्राउनको लागि सेटिङ गरिएको थियो । बीमापोष्टलाई प्राप्त सूचना अनुसार बिवाईडीले चिनियाँ भन्सारबाट गाडीहरु रिलिज भएर भन्सार नाकामा आईनपुगेका करिब ६०० भन्दा बढी गाडीहरुको कर जेठ १३ र १४ गते तिरिएको पाइएको छ । सो सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।

साईमेक्स इक्नले बिवाईडी ब्राण्डका गाडीहरु भन्सार यार्डमा नआउँदै तथा नेपालतर्फको नाकामा प्रवेश नगरेकै अवस्थामा भन्सार पास गरिसकिएको पाइएको हो । सो कार्य रसुवाबाट समेत भएको पाइएको छ । थप विवरण आउन बाँकी छ । बिवाईडीको सो काण्ड अहिले छानविन सुरु भइसकेको छ । आज विहानै सशस्त्र प्रहरीले विभिन्न टोलीहरु परिचालन गरेर बिवाईडीले बजेटको सूचना चुहिएर रातारात भित्राइएको गाडीहरुको सम्बन्धमा छानविन सुरु गरेको हो ।

यसैबीच, साइमेक्स इंककी अध्यक्ष यमुना श्रेष्ठले आफूहरुले गाडीहरु जेठ ११ गते नै ल्याएको र सो सम्बन्धमा केहीबेरमा प्रेस रिलिजमार्फत सम्पूर्ण प्रमाण सार्वजनिक गर्ने बताईन् । साइमेक्स इंक यमुना श्रेष्ठको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट