Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी रेग्मी दोलखामा, जिल्ला प्रहरी कार्यालयको निरिक्षण

बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी रेग्मी दोलखामा, जिल्ला प्रहरी कार्यालयको निरिक्षण

दोलखा : बागमती प्रदेश प्रहरी प्रमुख (डिआईजी) दिपक रेग्मी दोलखा आएका छन् । प्रदेश मातहतका प्रहरी कार्यालयको निरिक्षण तथा अनुगमनका क्रममा डिआईजी रेग्मी आज दोलखा आएका हुन् । अनुगमनका क्रममा रेग्मीले जिल्लाको सुरक्षा अवस्थाको बारेमा जानकारी लिनुका साथै जिल्लाका प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन् ।

सो क्रममा उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र सरकारले अघि सारेको शासकीय सुधारका योजनालाई कार्यान्वयन गर्ने गरि अघि बढ्न समेत निर्देशन दिएका छन् ।

बागमती प्रदेश अन्तर्गतका प्रहरी कार्यालयको अनुगमन तथा निरिक्षणका क्रममा रेग्मी रामेछाप हुँदै दोलखा आएका हुन् । यसअघि उनले जिल्ला प्रहरी कार्यालय रामेछापको पनि अनुगमन तथा निरिक्षण गरि आवश्यक निर्देशन दिएका थिए । कार्यकर्ताका छोराछोरी सरकारीमा पढ्नु पर्ने माग: शिक्षामन्त्रीकी छोरी अमेरिका उडिन !

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट