चितवन : चितवनको भरतपुर महानगरपालिका–१६ स्थित बिजयनगर चोक नजिकको भित्री सडक खण्डमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ निवासी ५५ वर्षीय शुकराम चौधरी रहेका छन्। बिहीबार अपराह्न करिब सवा ४ बजे नवलपरासी (पूर्व) गैंडाकोटस्थित अक्सफोर्ड कलेजको ना.१ क ७४९४ नम्बरको बसले साइकल चलाइरहेका चौधरीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनापछि प्रहरीले बससहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।
घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij