Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

सभामुख अर्यालले बोलाए प्रमुख सचेतकहरूको बैठक

सभामुख अर्यालले बोलाए प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ : सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्।प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन्। 

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सोमबार बिहान साढे ९ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुखले प्रमुख सचेतकहरूको बैठक बोलाएको जानकारी दिए।अहिलेसम्म प्रतिनिधिसभा प्रतिनिधिसभा नियमावली २०७९ अनुसार चलिरहेको थियो। जेठ १७ गते विपक्षी दलहरूले घेरा गर्दागर्दै प्रतिनिधि सभा नियमावली २०८३ पारित भएको थियो ।

त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन। विपक्षी दलहरूले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेनले नेपालले पनि भारत भूमि मिचेको भन्दै दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र आएर माफी माग्नुपर्ने माग राख्दै सदनमा अवरोध गर्दै आएका छन्। 

प्रतिनिधिसभा बैठक भोलि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट