Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु

जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु

मकवानपुर : मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु भएको छ ।

काठमाडौँ दक्षिणकालीबाट करिब ३५ किलामिटर दक्षिण मकवानपुरको माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ–काठमाडौँ द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बोधराज बुढाथोकीको निधन भएको हो ।

जीप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खस्दा त्यसमा सवार बारा जिल्ला पचरौता नपा–७ का इन्जिनियर यादव र सिन्धुली जिल्ला कमलामाई नपा–९ का चालक बुढाथोकीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

प्रहरीका अनुसार जीप दुर्घटना भएको जानकारी पाउनासाथ निजगढ–काठमाडौँ द्रुतमार्गको बेस क्याम्पमा खटिएका नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएकामा चिकित्सकले दुवै जनाको मृत्युको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट