Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

काभ्रेमा यात्रुवाहक बस दुर्घटना, ७ जनाको मृत्यु, १५ घाइते

काभ्रेमा यात्रुवाहक बस दुर्घटना, ७ जनाको मृत्यु, १५ घाइते

काठमाडौं : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गअन्तर्गत बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको हो।

दुर्घटनापछि प्रहरी तथा स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरिएको छ। घाइतेहरूलाई उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको जनाइएको छ।

प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा उद्धार कार्य गरिरहेको जनाएको छ। मृतकहरूको पहिचान तथा दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको छ। यस दुर्घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट