सुर्खेत : सुर्खेतमा मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका एका थुनुवाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० बस्ने २१ वर्षीय सबीर बक्सको प्रहरी हिरासतमै मृत्यु भएको हो ।
उनी मोबाइल चोरीको मुद्दामा जेठ २७ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए । शुक्रबार हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या आएपछि उनलाई अपराह्न ४ बजे कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो । शनिबार बिहान ५:३२ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता कविन्द्रसिंह बोहोराले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि बाँकेबाट फरेन्सिक डाक्टर आउने प्रक्रियामा रहेको र त्यसपछि मात्र थप प्रक्रिया अघि बढ्ने बोहोराले जानकारी दिए । सबीर यसअघि पनि पटक–पटक चोरी मुद्दामा संलग्न रहेको र लागु औषध प्रयोगकर्ता समेत रहेको प्रहरीको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij