काठमाडौँ : संगीतकार तथा गायक आशिष अविरलमाथि अमेरिकाको बाल्टिमोरमा निर्घात कुटपिट भएको छ । कामको सिलसिलामा विवाद भएपछि स्थानीय दुईजनाले कुटेका हुन् ।कुटपिटमा अविरलको नाक र आँखा मुनिको हड्डी भाँचिएको छ । अविरललाई आँखामा गम्भीर चोट लागेको अमेरिकामै रहेका उनी निकट संगीतकार लक्ष्मण पौडेलले जानकारी दिए ।
अहिले अविरललाई बाल्टिमोरको ट्रमा सेन्टरमा भर्ना गरिएको छ । कामको सिलसिलामा बाल्टिमोरको डाउनटाउनमा एक युवा र एक युवतीले अविरललाई कुटेका थिए । घाइते अविरललाई केही समयपछि त्यहाँ पुगेका साथीहरूले अस्पताल लगेका थिए ।
चिकित्सकले नाकको अप्रेसन गर्न भनेका छन् । आँखामा चोट लागेकाले उनले दृश्य मधुरो देखेको बताएका छन् । अविरल एक वर्षयता सपरिवार अमेरिकामा बस्दै आएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij