Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

ब्राजिलमा बन्जी जम्प दुर्घटना: सुरक्षा लापरबाहीले २१ वर्षीया युवतीको मृत्यु

ब्राजिलमा बन्जी जम्प दुर्घटना: सुरक्षा लापरबाहीले २१ वर्षीया युवतीको मृत्यु

एजेन्सी : ब्राजिलको साओ पाउलो राज्यस्थित लिमेइरामा रहेको स्केलेटन ब्रिजमा बन्जी जम्पका क्रममा गम्भीर लापरबाही हुँदा २१ वर्षीया युवतीको मृत्यु भएको छ। प्रारम्भिक जानकारीअनुसार, बन्जी जम्प गराउने क्रममा कर्मचारीहरूले सुरक्षा डोरी (हार्नेस) बाँध्न बिर्सिएपछि युवतीलाई सिधै पुलबाट खसालिएको थियो। प्रत्यक्षदर्शी तथा भिडियो फुटेजमा दुई जना कर्मचारीले उनलाई बोकेर पुलको किनाराबाट तल फ्याँकेको देखिएको छ।

घटनापछि त्यहाँ उपस्थित व्यक्तिहरूले ‘डोरी, डोरी’ भन्दै चिच्याएको आवाजसमेत भिडियोमा सुनिएको छ। तर त्यतिबेला निकै ढिलो भइसकेको थियो। मृतक युवती मारिया एडुआर्डा रोड्रिग्स डे फ्रिटासले घटना हुनुभन्दा केही समयअघि मात्रै सामाजिक सञ्जालमा बन्जी जम्पसँग सम्बन्धित पोस्ट सेयर गरेकी थिइन्। उनले इन्स्टाग्राममा ‘मलाई पुलबाट हामफाल्न दिने त्यो पागल व्यक्ति को थियो?’ भन्ने भावको पोस्ट पनि गरेको बताइएको छ।

दुर्घटनापछि आपत्कालीन सेवाका कर्मचारी घटनास्थल पुगे पनि उनलाई मृत घोषित गरिएको थियो। उनको शवलाई थप अनुसन्धानका लागि फरेन्सिक परीक्षण केन्द्र पठाइएको छ। प्रहरीले घटनाको गम्भीर अनुसन्धान सुरु गरेको छ भने बन्जी जम्प सञ्चालनमा संलग्न ६ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा यो दुर्घटना मानव त्रुटि र सुरक्षा प्रोटोकलको गम्भीर उल्लंघनका कारण भएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट