ललितपुर : ललितपुरको डीएभी कलेजको चौथो तलाबाट हामफालेका एकजना विद्यार्थीको मृत्यु भएको छ ।
सोमबार कलेजको छतबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारको क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
कक्षा १२ मा अध्ययनरत सिंहलाई शिक्षकहरूले उपचारको लागि अस्पताल लगेका थिए । उपचारको क्रममा साँझ ६ बजे उनको मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका थिए । घटनास्थलमा उनले छाडेको नोट फेला परेको छ । सीसीटिभी फुटेज र नोट अध्ययन गरेर घटनाबारे अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij