Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ

पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ

वीरगञ्ज : पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।वडा प्रहरी कार्यालय श्रीपुर र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले मङ्गलबार वीरगञ्ज महानगरपालिका–२१ स्थित ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा चेकजाँचका क्रममा लागुऔषध बरामद गरेको हो।प्रहरीले पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.१९ च ५७३८ नम्बरको बोलेरो पिकअप गाडी रोकेर जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले छोपेर प्लास्टिकमा बेरिएका आठ वटा पोकाभित्र १०९ किलो गाँजा फेला पारेको जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा गाडी चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ निवासी ३० वर्षीय सुभाष थामी र गाडीमा सवार सोही स्थानका २८ वर्षीय छत्रबहादुर थामीलाई पक्राउ गरिएको छ।

बरामद गाँजा, बोलेरो पिकअप गाडी तथा पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट