Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सडक दुर्घटना न्यूनीकरणका लागि गौरमा ट्राफिक सचेतना प्रभातफेरी

सडक दुर्घटना न्यूनीकरणका लागि गौरमा ट्राफिक सचेतना प्रभातफेरी

रौतहट : बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रौतहटको सदरमुकाम गौरमा ट्राफिक सचेतना प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।

ट्राफिक सप्ताह २०८३ अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको आयोजनामा भएको कार्यक्रममा स्थानीय प्रशासन, सुरक्षा निकाय, विभिन्न संघसंस्था, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। प्रभातफेरीमा सहभागीहरूले ट्राफिक नियम पालना गरौं, सुरक्षित यात्रा गरौं, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग गरौं लगायतका सन्देशमूलक प्लेकार्ड प्रदर्शन गर्दै नगर परिक्रमा गरेका थिए।

कार्यक्रमका वक्ताहरूले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना, जिम्मेवार सवारी सञ्चालन तथा नागरिक सचेतना अपरिहार्य रहेको बताएका थिए। उनीहरूले सडक सुरक्षा सबैको साझा दायित्व भएकाले नियमको पालना गर्न आग्रह गरेका थिए। आयोजकका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले ट्राफिक अनुशासन कायम गर्न तथा सडक दुर्घटना न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट