Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानालाई बिदाइ

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानालाई बिदाइ

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाको बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको मिति २०८३ जेठ २९ गतेको पत्र तथा गृह मन्त्रालयको निर्णयअनुसार डीआईजी रानाको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत अपराध अनुसन्धान विभाग, नक्साल काठमाडौंमा सरुवा भएको हो। सो अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर बिष्टले डीआईजी रानालाई कार्यालयका तर्फबाट मायाको चिनो प्रदान गर्दै उहाँको व्यक्तिगत तथा व्यावसायिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका प्रमुख एसएसपी दीपेन्द्र शाही, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की, विशेष सुरक्षा गण महेन्द्रनगरका एसपी छेदीलाल कामती, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका एसपी वीरेन्द्र थापा, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्रबहादुर चन्द, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी नेत्रमणि गिरी तथा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक डा. पुनम पाठकलगायत वरिष्ठ प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले डीआईजी रानाले सुदूरपश्चिम प्रदेशमा रहँदा प्रहरी संगठनको सुदृढीकरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन तथा अपराध नियन्त्रणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट