Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

बाजुरामा बस दुर्घटना हुँदा २१ जना घाइते

बाजुरामा बस दुर्घटना हुँदा २१ जना घाइते

काठमाडौँ : बाजुराको बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आइतबार बिहान बस दुर्घटना भएको छ । 

पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परेर २१ जना घाइते भएका छन् । 

ब्रेक फेल भएर बस दुर्घटना भएको बाजुराकी डीएसपी शैलेश्वरी बोहराले रातोपाटीलाई बताए । उनका अनुसार महेन्द्रनगरबाट मार्तडी जाँदै गरेको बस ब्रेक फेल भएर दुर्घटना भएको हो । 

घाइतेहरू मध्ये १९ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार हुँदै छ । अन्य दुई जना प्राथमिक उपचारपछि घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट