पक्राउ पर्नेमा अर्घाखाँचीका–२८ वर्षीय सन्तोष अधिकारी, दाङका–२९ वर्षीय हेमन्त केसी, सुनसरी घर भएका ४२ वर्षीय सुकदेव राई, सोही नगरपालिका–३ बस्ने सुनसरीका ३४ वर्षीय मनीष पोद्दार, रूपन्देहीका–४७ वर्षीय रामरतन मिश्र, कास्कीका ३९ वर्षीय अमृत अधिकारी र रौतहटका ३५ वर्षीय मिर इसलामाना रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीले जानकारी दिए।
पक्राउ परेकामध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै रु. १० लाख, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै रु. १३ लाख ३० हजार, सुकदेवले सर्विया पठाइदिन्छु भन्दै रु. १३ लाख, मनीषले युके पठाइदिन्छु भन्दै रु. दुई लाख, रामले युएई पठाइदिन्छु भन्दै रु. दुई लाख ३० हजार, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै तीन लाख ५० हजार र मिरले युके पठाइदिन्छु भन्दै रु. १२ लाख ६३ हजार लिएर सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता थापा क्षेत्रीले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij