Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

पहिरोले संखुवासभामा तीन परिवार विस्थापित

पहिरोले संखुवासभामा तीन परिवार विस्थापित

किमाथांकाः अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन्। 

शनिबार पहिरोले सभापोखरी–१ धुपुमा धनबहादुर विश्वकर्माका चार जनाको परिवार र शान्तिराम पोख्रलका चार जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए। 

पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका–६ खानीडाडाँमा यारबहादुर तामाङका ६ जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताए। उनकाअनुसार पहिराले विश्वकर्माको दुईतले घर पछाडितिरको भाग भत्काएको छ। पहिरोकै कारण सोही ठाउँका शान्तिरामको घरसमेत जोखिममा परेको छ। फेरि पहिरो जानसक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

पहिरोबाट विस्थापित अहिले छिमेकीको शरणमा बसेका छन्। पहिरोका कारण सभापोखरी–१ धुपुमा खेतीयोग्य जमिन पुरिएको छ। धुपुका राजन राई, कर्ण राई र अम्बर राईको धान रोप्ने तयारी रहेको खेत पहिरोले कटान तथा पुरिएको प्रहरीले जनाएको छ। धुपु प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले विस्थापित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिरहेको छ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij