Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला

सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला

सुर्खेत : सानोभेरी नदीमा बगेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका—७, का ४५ वर्षीय रामबहादुर ओली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, ओली आइतबार दिउँसो १ बजे घरबाट कसैलाई थाहै नदिई निस्किएका थिए । सोमबार बिहान साढे ७ बजेतिर सानीभेरी गाउँपालिका—४, मुसुखोला स्थित सानोभेरी नदीको बिच टापुसमा उनी मृत भेटिएको रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

उनका अनुसार, ओली नुहाउने क्रममा बगेको हुनसक्ने आशङ्का गरिएको छ । मृतक ओली सानीभेरी गाउँपालिका अस्पतालमा सुरक्षा गार्डको रूपमा काम गर्थे । सोमबार गाउँपालिकाले कर्मचारीको निधनमा शोक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट