Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

चितवनको होटलमा कडा अनुगमनपछि ३ लाख जरिवाना, गुणस्तरहीन खाना फेला

चितवनको होटलमा कडा अनुगमनपछि ३ लाख जरिवाना, गुणस्तरहीन खाना फेला

 चितवन : भरतपुर महानगरपालिका–१० स्थित Lords Business Complex Hotel Pvt. Ltd. मा गरिएको अनुगमनका क्रममा गम्भीर उपभोक्ता स्वास्थ्य मापदण्ड उल्लङ्घन भएको पाइएको छ।

अनुगमनपछि होटललाई रु. ३ लाख जरिवाना गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खटिएको निरीक्षण टोलीले उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा गरेको छड्के अनुगमनमा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा लापरबाही गरेको तथा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी खाना परोसिएको पाइएको हो।

अनुगमन टोलीले उक्त होटलले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) (क) र दफा ३८ (ङ) को उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ। सोही आधारमा सहायक प्रमुख जिल्ला अधिकारी (निरीक्षण अधिकृत) को निर्णयअनुसार ऐनको दफा ३९ (१) (ख) बमोजिम रु. ३ लाख जरिवाना गरिएको प्रशासनले जनाएको छ। कारबाहीका क्रममा बरामद गरिएको अस्वस्थ खाद्य सामग्रीसमेत नष्ट गरिएको छ।

प्रशासकीय अधिकृत मदन लामा थिङका अनुसार उपभोक्ता अधिकार र स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बजार अनुगमनलाई अझ कडा बनाइनेछ। उनले मापदण्डविपरीत सञ्चालन हुने होटल तथा व्यवसायमाथि निरन्तर निगरानी र कारबाही जारी रहने चेतावनी दिएका छन्। अनुगमनपछि प्रशासनले सबै होटल तथा रेस्टुरेन्टलाई खाद्य स्वच्छता र गुणस्तरमा कडाइ गर्न निर्देशन समेत दिएको छ।

728532756_1001790085963842_4441436862804223653_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट