Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

भक्तपुरमा छोराले गरे आमाको हत्या

भक्तपुरमा छोराले गरे आमाको हत्या

काठमाडौं : भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । उदयपुर कटारी नगरपालिका–५ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–९ भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीको आफ्नै छोराको कुटपिटबाट मृत्यु भएको हो ।


जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शुक्रबार साँझ करिब ७:४५ बजे मेघियामाथि उनका छोरा २४ वर्षीय किरण चौधरीले कुटपिट गरेका थिए । छोराको कुटपिटबाट गम्भीर घाइते भएकी मेघियालाई उपचारका लागि ललितपुरको पाटन अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न किरण चौधरीलाई प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij