Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

चितवन र काठमाडौंबाट जु'वातास खेल्दै गरेका २१ जना पक्राउ, तीन लाखभन्दा बढी नगद बरामद

चितवन र काठमाडौंबाट जु'वातास खेल्दै गरेका २१ जना पक्राउ, तीन लाखभन्दा बढी नगद बरामद

चितवन : नेपाल प्रहरीले चितवन र काठमाडौंका दुई छुट्टाछुट्टै स्थानबाट जु'वातास खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट तीन लाख रुपैयाँभन्दा बढी नगद र २६ बुक तास बरामद भएको प्रहरीले जनाएको छ।

चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकमा जु'वातास खेलिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले ११ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट नगद ८० हजार ४६५ रुपैयाँ र चार बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा डेरा गरी बस्ने सिन्धुपाल्चोकका दिनेश लामाको कोठामा जु'वातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार साँझ पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौं तथा अन्य प्रहरी इकाइबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद दुई लाख २३ हजार पाँच रुपैयाँ र २२ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij