काठमाडौं : गुण्डागर्दीमा संलग्न आरोपमा प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मनाङ घर भएर बुढानिलकण्ठ नगरपालिका–१० स्थित बालुवाखानी बस्ने २८ वर्षीय संजित गुरुङ छन् ।
असार १३ मा साँझ बुढानिलकण्ठस्थित रैथाने भान्छाघरमा बिल नतिरेर सञ्चालकलाई धम्की दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए । २५ हजारको बिल नतिरेर होहल्ला गर्दै आक्रमण प्रयास गरेपछि भान्साघार सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । ड्युटीमा खटिएका प्रहरीसँग पनि उनले धक्कामुक्की गरेको आरोप छ ।
मनाङको नासो गाउँपालिका–६ घर भएका उनलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए । आरोपीलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij