Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट

काठमाडौँ : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले चिट काटेको छ । बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा उनलाई चिट काटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर रेशम आचार्यले बताए । उनले भने, ‘हेलमेट नलगाएको कसुरमा उहाँलाई चिट काटेका छौँ ।’ 

मुख्यमन्त्री शाहले सो कसुरमा ५ सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ ।  धनगढीस्थित मुख्यमन्त्रीको निवासमा शाहले मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको  थियो । त्यसपछि प्रहरीले उनको सचिवालयसँग समन्वय गरेर चिट काटेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij