Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सुकुमबासी समस्या समाधान गर्न सरकार गम्भीर भएन : जयन्तीदेवी राई

सुकुमबासी समस्या समाधान गर्न सरकार गम्भीर भएन : जयन्तीदेवी राई

काठमाडौँ : राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले भूमिहीन सुकुमबासीका लागि सरकारले छुट्टाएको बजेट कम भएको भन्दै सुकुमबासी समस्या समाधानमा वर्तमान सरकार गम्भीर नभएको बताएकी छन् । 

बिहीबारको राष्ट्रियसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद राईले यस्तो बताएकी हुन् । साथै उनले ३८ हजार ८६ घर सङ्ख्याका सुकुमबासीको उठिबास भएको र लाखौँ बेपत्ता भएको बताइन् । ‘सुकुमबासीले पैसा होइन, भूमि खोजेका छन् । उनीहरूले स्थायी बसोबास खोजेका छन् । कहिले व्यवस्थापन गर्नुहुन्छ ?’, प्रश्न गर्दै राईले भनिन्,  ‘यो सरकारले सुकुमबासी समस्या समाधान गर्ने देखिएन ।’ 

वर्तमान सरकार विनासबाट उत्पन्न भएको भन्दै उनले सरकार नै विकास भन्दा ध्वंसमा रमाउने किसिमको भएको आरोप लगाइन् । ‘विकास भन्दा ध्वंसमा रमाउने, हाँसो र खुसीभन्दा आशुमा रमाउने सरकारलाई भन्न पनि पर्दैन होला जस्तो लाग्छ’, सांसद राईले शिक्षामा छुट्टाएको बजेटले शिक्षामा सुधार आउन नसक्ने बताइन् । पूर्वसांसद मञ्चलाई दिइँदै आएको ५० लाख बजेट कटौती गरेर १५ लाखमा झारेको र त्यसको आलोचना भएको भन्दै सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न उनले आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij