काठमाडौँ : सरकारले नेपाल प्रहरीका ८ एआईजी सरुवा गरेको छ।केन्द्रीय अनुसन्धानब्यूरोमा उमाप्रसाद चतुर्वेदीलाई पठाइएको छ।
सीआईबी प्रमुखको जिम्मेवारीमा रहेका अर्का एआईजी डा. मनोजकुमार केसीलाई अपराध अनुसन्धान विभागमा सरुवा भएका छन्।
काठमाडौँ उपत्यका कार्यालय प्रमुखमा अर्का एआईजी सुशीलसिंह राठौरलाई सरुवा गरिएको छ। त्यहाँका प्रमुख एआईजी ईश्वर कार्की हेडक्वार्टरको मानवस्रोत विभागमा पठाइएको छ।
हाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहेका एआईजी सिद्धीविक्रम शाह अपरेशन विभागमा सरुवा भएका छन्। प्रहरी प्रतिष्ठानमा अर्का एआईजी राजन अधिकारी सरुवा भए।
हेडक्वार्टरभित्रैको प्रदेश समन्वय विभागबाट एआईजी डम्बरबहादुर विक प्रशासन विभागमा र प्रशासनबाट एआईजी हिमालय श्रेष्ठ प्रदेश समन्वयमा सरुवा भएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij