Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

प्रहरी जवानले बोकेको एसएलआरबाट गोली चल्यो, सहकर्मी घाइते

प्रहरी जवानले बोकेको एसएलआरबाट गोली चल्यो, सहकर्मी घाइते

काठमाडौँ : सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयमा ड्युटीमा खटिएका प्रहरी जवानले बोकेको हतियार पड्किएको छ ।

असावधानीपूर्वक एसएलआर राइफलबाट गोली फायर हुँदा अर्का प्रहरी जवान घाइते भएका छन् । बुधबार राति ११ बजेर २० मिनेटको घटनामा २२ वर्षीय प्रहरी जवान अजय कुमार मोता घाइते भएका हुन् ।

कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकमा ड्युटीमा रहेका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादवले बोकेको एसएलआर पड्किएको हो। असावधानीपूर्वक गोली चलेर भित्तामा लागेको र गोलीको टुक्राले लागेर जवान मेताको कम्मरमाथि ढाडमा चोट लागेको सप्तरीका एसपी रूपक खड्काले रातोपाटीलाई बताए । घाइते जवानको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij