Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

प्रहरीका डीआईजी र एसएसपीसहित १०४ जना पुरस्कृत

प्रहरीका डीआईजी र एसएसपीसहित १०४ जना पुरस्कृत

काठमाडौं : नेपाल प्रहरीका तीन नायव महानिरीक्षक (डीआईजी)सहित १०४ जना पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले सुम्पेको जिम्मेवारी तथा देश र जनताको सेवामा समर्पित नेपाल प्रहरीका प्रहरी कार्यालय सहयोगीदेखि डीआईजीसम्म १०४ जना सम्मानित भएका हुन् ।

उत्कृष्ट कार्य सम्पादनका आधारमा ३ डीआईजीसहित १०४ जना कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको छ। पुरस्कृत हुनेमा कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटा, लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्री, डीआईजी विश्वराज अधिकारी रहेका छन् । उनीहरुलाई जनही २५ सय नगदसहित पुरस्कृत गरिएको छ ।

यसैगरी एसएसपी रमेश थापा, नवराज अधिकारी, गोविन्द अधिकारी, शान्तिराज कोइराला, वेद बिष्टलाई पनि जनही २५ सयसहित पुरस्कृत गरिएको छ । यस्तै एसपीहरु चक्रराज जोशी, दीपक श्रेष्ठ, शरदकुमार थापा क्षेत्री, कुमोद ढुंगेल, अनन्तराम शर्मा, कमला लामा, सूर्यबहादुर थापालाई पनि जनही २४ सय नगदसहित पुरस्कृत गरिएको छ ।

f.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij