काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर देउवाका नाममा सात दिने सार्वजनिक सूचना जारी गर्दै अनुसन्धानका लागि विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
विभागले जारी गरेको सूचनाअनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरको अनुसन्धानका क्रममा जयवीरसँग आवश्यक सोधपुछ गर्नुपर्ने भएकाले सूचना प्रकाशित गरिएको हो।
विभागले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालय भवनमा रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित हुन आग्रह गरेको छ।
यो सूचना सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ५७ बमोजिम जारी गरिएको विभागले जनाएको छ। विभागले तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ । जयवीर पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र आरजु राणाका छोरा हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij