Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

भुटानी शरणार्थी प्रकरणः बादल पुत्रले पाए सफाइ

भुटानी शरणार्थी प्रकरणः बादल पुत्रले पाए सफाइ

काठमाडौँ :  भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोराले सफाइ पाएका छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काले अन्तिम सुनुवाइ गर्दै बादलपुत्र प्रतीक थापालाई सफाई दिने फैसला गरेका हुन् । 

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा र पत्नी नैनकला थापालाई पनि रकम बुझाएको बयान दिएका थिए ।

उक्त प्रकरणमा रकम लेनदेनमा प्रतीकले समन्वय गरेको आरोपीहरूको जिकिर थियो । त्यसबेला १ करोड रकम प्रतीकमार्फत लेनदेन भएको खुलेपछि सरकारी वकिलले उनलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij