Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

गृहमन्त्री सुधन गुरुङद्वारा ट्राफिक प्रहरी कार्यालय निरीक्षण, १५ रोपनी जग्गा ल्याउने पहल

गृहमन्त्री सुधन गुरुङद्वारा ट्राफिक प्रहरी कार्यालय निरीक्षण, १५ रोपनी जग्गा ल्याउने पहल

काठमाडौँ :  गृहमन्त्री सुधन गुरुङले रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । बुधबार गुरुङ ट्राफिक व्यवस्थापन लगायतका कामकारबाहीको जानकारी लिन उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेका हुन् ।

गुरुङसँगै सीआईबीका एआईजी उमाप्रसाद चुतर्वेदी पनि रामशाहपथ पुगेका थिए । गृहमन्त्री गुरुङले रामशाहपथमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गा ट्राफिक प्रहरीको नाममा ल्याउन पहल थालेका छन् ।


खाद्यको १५ रोपनी खाली जग्गा ट्राफिक प्रहरी कार्यालयसँगै जोडिएको छ । सो जग्गा प्राप्तिका लागि आफूले पहल सुरु गरेको निरीक्षणको क्रममा बताएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाइ बताए ।

सेन्टर फर एक्सेलेन्सको दीर्घकालीन नीति लागु गर्न जग्गा अपुग रहेको ट्राफिक प्रहरीका अधिकृतहरू बताउँछन् । रामशाहपथमा ट्राफिकले प्रदान गर्ने ट्राफिक नियन्त्रण तालिम, ट्राफिक व्यवस्थापन तालिम, ट्राफिक स्केच तालिम र भिड नियन्त्रण तालिमको लागी उपयुक्त पूर्वाधार छैन ।

अनुशिक्षण तालिम लगायतका कार्यक्रम सञ्चालन गर्न जग्गा र भौतिक संरचना बनाउन मन्त्री गुरुङले पहल थालेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij