Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

नहरमा महिलाको शव फेला

नहरमा महिलाको शव फेला

रौतहट :  रौतहटको राजपुर नगरपालिकामा बिहीबार बिहान एक महिलाको शव नहरमा फेला परेको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

बिहीबार बिहान करिब ७ः२० बजे राजपुर नगरपालिका–३ स्थित राजपुर–फतुवा सडकखण्ड छेउको नहरमा महिलाको शव रहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय राजपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट अपराध अनुसन्धान टोलीसहित प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार मृतक परोहा नगरपालिका–५ निवासी शेख मोबिनकी २४ वर्षीया श्रीमती मुस्कान खातुन हुन्। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार मृतकको शरीरमा बाहिरी चोटपटक देखिएको छैन। उनी यसअघि पनि घरबाट हराएकी थिइन् र उनको खोजतलासका लागि प्रहरीमा उजुरीसमेत परेको थियो।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन आएपछि मात्र खुल्ने डीएसपी गौतमले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij